१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २३ शनिबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २३ शनिबार १५:o४:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

आकाश र पूजाको 'बिहे भा छैन' सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २३ शनिबार १५:o४:oo

आकाश श्रेष्ठ र पूजा शर्माको अभिनय रहेको बिहे भा छैन बोलको गीतको भिडियो सार्वजनिक भएको छ। दसैँको अवसर पारेर म्युजिक भिडियो संगम सिने आर्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा शब्द एसपी सापकोटाको रहेको छ। गीतलाई अर्जुन सुनाम र सिर्जु अधिकारीले आवाज दिएका छन्।

डान्स क्लबमा खिचिएको गीतको म्युजिक भिडियोलाई यसका निर्देशक तथा कोरियोग्राफर कविराज गहतराजले फिल्मी गीत शैलीको रूप दिएका छन् । उनले आकाश र पूजालाई भरपुर मनोरञ्जक शैलीले प्रस्तुत गरेका छन् । पारस कायस्थको कन्सेप्टमा तयार भएको म्युजिक भिडियोमा छायांकन सुदीप बराल, सम्पादन अर्जुन बिसी र भिएफएक्स सत्यम राणाको रहेको छ।