१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २३ शनिबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २३ शनिबार १२:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा भन्छन्– संयुक्त सरकार भएकाले सबैलाई समेट्न सकिएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २३ शनिबार १२:५२:oo

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विस्तार गर्दा धेरै महत्वपूर्ण नेताहरू छुटेको बताएका छन्। शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा ‘विश्वेश्वरप्रसाद कोइराला ः शताब्दी सन्दर्भ’ नामक पुस्तक विमोचन गर्दै देउवाले यस्तो बताएका हुन् ।
 
संयुक्त सरकार भएकाले सबैलाई समेट्न नसकिएको स्पष्ट पार्दै उनले भोलिका दिनमा सबैलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीलाई योगदान दिएका साथीहरू छुटेकोमा दुःख व्यक्त गर्दै उनीहरूलाई आगामी दिनमा उचित भूमिका दिने आश्वासनसमेत दिएका छन् ।

प्रधानमन्त्री देउवाले सरकार गठन भएको ८८औँ दिनमा शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । तर, महत्वपूर्ण नेताहरूलाई समेट्न नसकिएको प्रधानमन्त्री देउवाको भनाइ छ । ‘भर्खरै सरकार बनेको छ। सरकारमा धेरै र महत्वपूर्ण साथीहरू छुटेका छन्। पार्टीलाई योगदान दिएका साथीहरू छुटेका छन् । संयुक्त सरकार भएकाले सबैलाई समेट्न सकिएन । भोलिका दिनमा सबैलाई समेटेर लैजानेछु,’ उनले भने ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको सो पुस्तक बिपीबारे जान्न खोज्ने सबैलाई उपयोगी हुने धारणा राखे ।