मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २३ शनिबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका सोलुखुम्बु
२o७८ असोज २३ शनिबार ११:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेतीपोखरी हिमताल संरक्षण गर्न गाउँपालिका र युएनडिपीबीच सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
नयाँ पत्रिका
२o७८ असोज २३ शनिबार ११:४७:oo

जोखिममा रहेको सेतीपोखरी हिमताल संरक्षणको योजना अगाडि बढाइने भएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ स्थित मेरापिक र चाम्लाङको फेदीमा रहेको सेतिपोखरी हिमतालको संरक्षणमा युएनडिपीले अग्रसरता लिएको हो।

गाउँपालिका र युएनडिपीबीच शुक्रबार भएको भर्चुअल मिटिङमा हिमताल संरक्षणलाई मूर्त रूप दिने सहमति भएको पालिका अध्यक्ष सागर किराँतीले जानकारी दिएका छन् । ०७२ सालको भूकम्पपछि सेतीपोखरी हिमपहिरोका कारण महाकुलुङ वडा नम्बर १ को गम र सिम्बल्दो गाउँको २४ घर विस्थापित भएका थिए।

करिब ६० करोडको लागतमा गरिने संरक्षण अभियानमा ताललाई निकास दिने, पूर्वसूचना प्रणाली स्थापना गर्ने र बायो इन्जिनियरिङसम्बन्धी कामहरू गरिने परियोजना सहयोग अधिकृत प्रकृति जिसीले जानकारी दिए ।

समुद्री सतहदेखि पाँच हजार २०५ मिटर उचाइमा रहेको उक्त तालको क्षेत्रफल ९५० वर्ग मिटर र गहिराइ २०५ मिटर रहेको छ।