मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २२ शुक्रबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २२ शुक्रबार १४:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसलाई मन्त्री छान्नै सकस : पौडेल पक्ष अनिर्णीत, सिटौला पक्षले चौधरीलाई पठाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २२ शुक्रबार १४:o५:oo

नेपाली कांग्रेसमा मन्त्रिपरिषद् विस्तारका लागि मन्त्री छान्न सकस परेको छ। विशेषगरी संस्थापनइतर पक्षमा धेरै आकांक्षी देखिएपछि मन्त्री बन्नेको सूची तयार गर्न समस्या परेको छ।

पौडेलनिकट स्रोतका अनुसार मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडूको नाममा करिब सहमति बने पनि वरिष्ठ नेता पौडेलले अरू नाम पनि मन्त्रीको लागि प्रस्ताव गरेका छन्। इतर पक्षले नाम नदिए पनि प्रधानमन्त्री देउवा आजै मन्त्रिपरिषद् विस्तार गर्ने रणनीतिमा छन्।

पछिल्लो समय नेता प्रकाशमान सिंहसमेतले आफूनिकटलाई मन्त्री बनाउन चाहेका छन्। स्रोतका अनुसार इतर पक्षले आज मन्त्रीको नाम प्रस्ताव नगर्ने सम्भावना रहेको छ। ‘मन्त्रीको संख्या दुई मात्रै र आकांक्षी धेरै देखिएकाले नाममा सहमति जुट्न सकेको छैन। नेताहरू छलफलमा हुनुहुन्छ। तर, आज नाम बुझाउने सम्भावना देखिँदैन,’ पौडेल निकट स्रोतले भन्यो।

प्रधानमन्त्री देउवाले इतर पक्षलाई दुई मन्त्री र नेता कृष्णप्रसाद सिटौला समूहलाई एक मन्त्रीको नाम माग गरेका थिए। सिटौला समूहबाट भने नेता उमाकान्त चौधरीको नाम तय भएको सिटौला पक्षका नेता भीमसेनदास प्रधानले नयाँ पत्रिकालाई जानकारी दिए। ‘हाम्रोतर्फबाट उमाकान्त चौधरीलाई पठाउने तय भएको छ। नाममा कुनै विवाद छैन,’ प्रधानले भने।