जसपाले टुंग्यायो मन्त्रीको नाम

शुक्रबार, २२ असोज, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रीको नाम टुंगो लगाएको छ। जसपाले आज बिहान पार्टीको तर्फबाट सरकारमा जाने चारजनाको नाम टुंगो लगाएको हो। स्रोतका अनुसार राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रमोद साह र रामसहाय यादवलाई सरकारमा पठाउने निर्णय भएको छ। जसपाको कार्यकारिणी समितिले मन्त्रीको नाम टुंग्याउने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी र वन तथा वातावरण मन्त्रालय पाउने भएको छ।

सुझावित समाचार