नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गरेका छन् । उनलाई एसका अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रमका बीच पार्टी प्रवेश गराएका छन्। बझाङका जोशी पूर्वमन्त्रीसमेत हुन्। समाजवादीमा प्रवेश गर्नुअघि उनले एमालेबाट राजीनामा दिएका थिए।
उनले एमालेले १०बुँदे सहमतिको पालना नगरेको, अन्तरपार्टी निर्देशिका पालना नभएको भन्दै एमाले छोडेको बताएका छन्। उनलाई एकीकृत समाजवादीमा स्थायी कमिटीको जिम्मेवारी दिइएको छ।