१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

प्रहरीद्वारा १९ किलो काइनेटिक ढुंगा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:२६:oo

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट १९ किलो ४० ग्राम काइनेटिक ढुंगा बरामद गरेको छ ।  जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाही नेतृत्वको प्रहरीले वीरेन्द्रनगर नगरपालिका– १२ नारायण टोलबाट काइनेटिक ढुंगा बरामद गरेको हो । 

सोही टोलमा रहेको जयधनी बस्नेतको घरमा अवैध ढुंगाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा त्यहाँ पुगेर ढुंगा बरामद गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

प्रहरीले बस्नेतसँगै जुनीचाँदे गाउँपालिका– ७ जाजरकोट घर भई वीरेन्द्रनगर नगरपालिका– १२ सुर्खेत बस्ने ३२ वर्षीय रामकृष्ण घर्तीलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक शाहीले बस्नेतको घरमा शंकास्पद रूपमा कुराकानी गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको बताए । शंका लागेर घरमा खान तलासी गर्दा तीनवटा प्लास्टिकमा अवैध तरिकाले लुकाएर राखिएको अवस्थामा काइनेटिक ढुंगा बरामद गरिएको उनले बताए । 

ad
ad