मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
६६औँ प्रहरी दिवसको अवसरमा पहिलो महिला प्रहरी चैतमाया डंगोललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २१ बिहीबार ०५:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पहिलो महिला प्रहरीलाई  ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २१ बिहीबार ०५:२८:००

पहिलो महिला प्रहरी चैतमाया डंगोललाई नेपाल प्रहरीले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेको छ । ६६औँ प्रहरी दिवसको अवसरमा बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सो पुरस्कार प्रदान गरेका हुन् । 

यसअघि अवकाशप्राप्त उच्च प्रहरी अधिकारीले मात्र यस्तो अवार्ड पाउँदै आएका थिए । ००८ सालमा सिपाही पदमा भर्ना भएकी काठमाडौं चाबहिलकी डंगोलले असइबाट अवकाश पाएकी थिइन् । 

त्यस्तै, प्रहरीको प्रतिष्ठित पूर्ण शान्ति पुरस्कार डिएसपी धर्मराज भण्डारीलाई दिइएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत उनले ठूला अपराधको सफल अनुसन्धानमा मिहिनेत गरेको आधारमा सो पुरस्कार दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको अर्काे महत्वपूर्ण पुरस्कार मानिने योगेन्द्र स्मृति पुरस्कार सइ सुमेश पाण्डेलाई दिइएको छ । 

यो वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फको पुरस्कार प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङले पाएका छन् । संखुवासभाको मादीस्थित सामूहिक हत्याको सफल अनुसन्धान गरेबापत उनले सो पुरस्कार पाएका हुन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बुधबार आयोजित प्रहरी दिवसमा उनीहरूलाई पुरस्कार प्रदान गरे ।  उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईं, प्रहरी निरीक्षक मणिराम थापा, प्रहरी नायव निरीक्षकद्वय सन्तोष थापा मगर र कृष्णराज सेढाईंलाई प्रदान गरिएको छ ।

प्रधानमन्त्री देउवालाई प्रमुख अतिथिका रूपमा बोलाएर प्रहरीले आफ्नो स्थापना दिवस मनाएको हो । देउवाले निष्पक्ष अनुसन्धान र कानुन कार्यान्वयन कानुनी राज्यका आधार भएको तथा निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउने बताए । ‘कुनै पनि स्वार्थ तथा शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु,’ उनले भने ।