१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ असोज २० बुधबार १९:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आत्महत्या दुरुत्साहन मुद्दा : तीनजना पुर्पक्षका लागि थुनामा 

Read Time : < 1 मिनेट
२०७८ असोज २० बुधबार १९:४८:००

तिलोत्तमाकी सीता भण्डारीको मृत्यु प्रकरणका जिल्ला अदालत रुपन्देहीले आत्महत्या दुरुत्साहन मुद्दामा तीनजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीमा मंगलबार र बुधबार भएको थुनछेक बहसबाट पक्राउ परेका तीनैजना प्रतिवादीहरूलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । अदालतले थुनामा राख्न आदेश दिएलगत्तै उनीहरूलाई जिल्ला कारागार रुपन्देही चलान गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रहरीले मृतक सीताका श्रीमान टीका पौडेल, जेठाजु हरिप्रसाद पौडेल र मृतककी आमाजू विष्णु पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । गत भदौ २० गते बिहान तिलोत्तमा नगरपालिका वडा नं. ५ बस्ने वर्ष २७ की सीता भण्डारी पौडेलको मृत्यु भएको थियो । झुन्डिएको र पासो काटिएको अवस्थामा घरमै शौचालयमा उनको शव भेटिएको थियो । शवको अनुहारमा रगत भेटिएको, मृतक सीताका श्रीमानले सीतालाई मारेको बयान दिएको भन्दै माइती पक्षले सही अनुसन्धान गर्न माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

प्रहरीले नियन्त्रणमा लिएका तीनजनालाई सरकारी वकिलमार्फत आइतबार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराएका थिए । प्रहरीले दोषीहरूलाई आर्थिक प्रलोभनमा पारी उम्काउने प्रयास गरेको मृतकका आफन्तको आरोप रहेको छ ।