नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ। बुधबार बसेको स्थायी समितिले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो ।
माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्रिमण्डलमा जानेछन् । यस्तै, बोधमाया यादवलाई राज्यमन्त्री बनाउने स्थायी समितिले निर्णय गरेको हो । उनीहरूले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन ।