मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २० बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २० बुधबार o६:५६:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

अमेरिका र युरोपको चलचित्र महोत्सवमा ‘को–हजबेन्ड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २० बुधबार o६:५६:oo

नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवमा छनोट भएको छ । जर्मनी हुने १८औँ टेगेन्सी इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल र स्लोभाकियाको २९औँ इन्टरनेसनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा को–हजबेन्ड छनोट भएको हो ।

दुवै देशमा १३ देखि १७ अक्टोबरसम्म चलचित्र महोत्सव हुँदै छ । १५ अक्टोबरमै दुवै देशमा को–हजबेन्ड प्रदर्शन हुँदै छ । निर्देशक गणेश पाण्डेका अनुसार, अक्टोबर १ देखि सुरु भई २४ तारिखसम्म अमेरिकाको वासिंटनस्थित सियाटल सञ्चालन हुने तस्बिर साउथ एसियन फिल्म फेस्टिबलमा पनि को–हजबेन्ड प्रदर्शन हुने भएको छ । 

को–हजबेन्डले गत वर्ष रसियामा आयोजित १९औँ अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार ‘ग्रान्ड प्रिक्स अवार्ड’ जितेको थियो भने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट फिल्म अवार्डसहित एक हजार अमेरिकी डलर जित्न सफल भएको थियो ।