मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २० बुधबार ०६:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजाजको एक्सचेन्ज मेला सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २० बुधबार ०६:०५:००

नेपालमा बजाज मोटरसाइकलको अधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले बजारको एक्सचेन्ज मेला सुरु गरेको छ । कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ भन्ने नाराका साथ ‘बजाज एक्सचेन्ज महामेला’ सुरु गरेको हो । 

भृकुटीमण्डपमा आयोजना हुने मेला असोज २३ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो बाइक दिएर नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने जनाइएको छ । मेलामा १८ भन्दा बढी भ्यालुएटरहरू रहेको र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसनभन्दा १० हजार रुपैयाँ थप गरिदिने जनाइएको छ । 

यसका अतिरिक्त, बजाज नेपालले ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको जनाएको छ । मेलामा एक भाग्यशाली विजेताले सामसङ एम सिरिज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउने जनाइएको छ । मेलामा थुप्रै कलाकारहरूको प्रदर्शन पनि सामेल हुने कम्पनीले जनाएको छ ।