मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १९ मंगलबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १९ मंगलबार १७:१४:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

एनआरएनएको अध्यक्षमा केसीको उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १९ मंगलबार १७:१४:oo

गैरआवासीय नेपाली संघको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघको १०औं महाधिवेशनमा अध्यक्षको दाबीसहित उनले उम्मेदवारी घोषणा गरेका हुन् । केसी हाल संघको उपाध्यक्ष छन् ।

लामो समय एनआरएनएमा बसेर काम गरेकाले आगामी नेतृत्व हाँक्न सक्ने उनको दाबी छ । उम्मेदवारी घोषणा गर्दै  उनले संस्था, वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित गर्ने, नेपालमा लगानी तथा एनआरएनएमा आधारित डेभलपमेन्ट फन्डलाई अघि बढाउने,  युवा तथा विदेशमा रहेका नेपालीको हक हितमा काम गर्ने, संस्थागत हितमा काम गर्ने, पर्यटन प्रवर्द्धनमा काम गर्ने, विदेशमा रहेका युवा तथा दोस्रो पुस्ताको हितमा काम ध्यान दिने, अन्तर्राष्ट्रिय संघसंस्थासित समन्वय गर्नेलगायत प्रतिबद्धता जनाएका छन् ।

संघको १०औँ महाधिवेशमार्फत नयाँ नेतृत्वको लागि अमेरिकाबाट रविना थापा र बेलायतबाट कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन् ।