१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी नयाँ दिल्ली
२o८१ बैशाख २१ शुक्रबार १२:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

लखिमपुर खिरी हिंसा : सरकारको विरोध गर्ने नेताहरू धमाधम पक्राउ

Read Time : > 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o८१ बैशाख २१ शुक्रबार १२:४८:oo

भारतको उत्तर प्रदेशको लखिमपुर खिरीमा सरकारले ल्याएको नयाँ कृषि कानुनको विरोध प्रदर्शनका क्रममा आइतबार हिंसा भड्किएको छ। हिंसामा परी चार किसानसहित आठजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घटनाको विरोध गर्दै किसानहरूले आफूहरूले प्रदर्शन गरिरहेका वेला केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रा टेनीका छोरा आशिष उर्फ मोनु र उनका सहयोगीहरूले प्रदर्शनमा सामेल किसानमाथि अन्धाधुन्द गाडी चलाएको बताएका छन्। सो घटनापछि आक्रोशित किसानले मोनु र उनका सहयोगीहरूको तीनवटा गाडीमा आगजनी गरेका थिए।

घटनाको विरोध गर्ने नेताहरू पक्राउ
लखिमपुर खिरी हिंसाको विषयलाई लिएर लखनउस्थित आफ्नै घरबाहिर धर्नामा बसेका युपीका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका नेता अखिलेश यादवलाई प्रहरी प्रशासनले हिरासतमा लिएको छ।

यादवलाई प्रहरीले हिरासतमा लिनासाथ समाजवादी पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन गरेपछि उनले कार्यकर्ताहरूलाई प्रहरीको काममा बाधा सिर्जना नगर्न आग्रहसमेत गरेको बिबिसी हिन्दीले जनाएको छ। यादवका अलावा समाजवादी पार्टीका नेता प्रोफेसर रामगोपाल यादवसहित करिब एक सय ५० देखि दुई सय कार्यकर्तालाई प्रहरीले हिरासतमा लिएको छ।

सोमबार बिहान करिब ९ बजे अखिलेश यादव लखिमपुर खिरी जानका लागि आफ्नो घरबाट निस्किएका थिए। तर, प्रहरीले उनलाई अघि बढ्न नदिएपछि यादव आफ्नै घरबाहिर धर्ना बसेका थिए।

यादवले भारतीय जनाता पार्टी (भाजपा)ले किसानलाई अंग्रेजको शासनकालमा भन्दा पनि बढी अन्याय र अत्याचार गरेको टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘किसानमाथि अंग्रेजले भन्दा पनि बढी अत्याचार गरिएको छ। भाजपा किसानप्रति अंग्रेजहरूभन्दा पनि बढी क्रूर भएको छ। अंग्रेजको जमाना पनि यति धेरै अन्याय भएको थिएन होला। यो सरकारले जुनसुकै वेला जसको पनि ज्यान लिन सक्छ भनेर सबैले भनिरहेका छन्।’ उनी धर्नामा बसेपछि सबै जिल्लामा समाजवादी पार्टीका कार्यकर्ता धर्ना बस्न सुरु गरेका छन्।

यसैगरी लखिमपुर खिरीमा मारिएकाहरूको परिवारलाई भेट्न जाँदै गर्दा कांग्रेस नेतृ प्रियंका गान्धीलाई पनि प्रहरीले सीतापुरबाट पक्राउ गरेको छ। कांग्रेस नेता दीपेन्द्र हुड्डाले नेतृ गान्धीमाथि पुरुष प्रहरीले दुर्व्यवहारसमेत गरेको बताएका छन्। घटनाको विरोध गरेका आम आदमी पार्टी (एएपी)का सांसद सञ्जय सिंहलाई पनि प्रहरीले हिरासतमा लिएको बताइएको छ।

पीडित पक्षको माग
लखिमपुर हत्याकाण्डको विरोध गर्दै प्रदर्शन गरिरहेकाहरुले केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्र टेनीलाई अविलम्ब बर्खास्त गर्नुपर्ने, उनका छोरालाई गिरफ्तार गर्नुपर्ने, पीडित परिवार प्रत्येकलाई एक–एक करोड क्षतिपूर्ति दिनुपर्ने र उनीहरूलाई सरकारी जागिरको व्यवस्था गर्नुपर्ने चारवटा प्रमुख माग राखेका छन्। यसका अलावा प्रदर्शनकारीहरूले हाइकोर्टका सेवानिवृत्त न्यायाधीशबाट यस घटनाको न्यायिक जाँच गर्नुपर्नेलगायतका माग राखेका छन्। उनीहरूले प्रशासनसँग चारपटकसम्म वार्ता गरिसकेका छन्। सो वार्ता सहमतितर्फ उन्मुख रहेको बताइएको छ।

तर, केन्द्रीय मन्त्री टेनीले आफ्नो छोराको कार घटनास्थलमा भेटिए पनि यस घटनामा आफ्नो छोराको संलग्नता नभएको भन्दै बचाउ गरेका छन्। उनले यस घटनामा आफ्नासमर्थकहरूको पनि ज्यान गएको दाबी गरेका छन्। उनले युपीका मुख्यमन्त्री योगी आदित्यनाथसमक्ष घटनाको यथाशीघ्र जाँच गर्न आग्रह गरेका छन्।

ad
ad