१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका डडेल्धुरा
२o८१ बैशाख २२ शनिबार १६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

क्रियाशील सदस्यता विवाद : देउवाको गृहजिल्लाको असन्तुष्टिमा इतर पक्षको साथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, डडेल्धुरा
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:१४:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यतालाई लिएर देखिएको असन्तुष्टिलाई संस्थापनइतर पक्षले साथ दिएको छ। क्रियाशील सदस्यता वितरणमा अनियमितता भएको भन्दै असन्तुष्ट नेता–कार्यकर्ताले सुरु गरेको अनशनलाई इतर पक्षका नेताहरूले जिल्लामै पुगेर समर्थन जनाएका हुन्। 

आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, गुरुराज घिमिरे र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको अनियमितताको विरोधमा सुरु गरिएको अनशनमा पुगेर साथ दिएका हुन्। 

नेताहरूले क्रियाशील विवादबारे चासो राख्दै अनशनमा आफ्नो साथ रहेको बताएका हुन्। यससँगै विजयादशमीपछि धर्ना कार्यक्रमलाई निरन्तरता दिने गरी ११ दिनदेखि जारी धर्ना स्थगित भएको डा. कोइरालाको सचिवालयले जानकारी दिएको छ।

ad
ad