१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १७:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१५२औँ गान्धी जयन्तीको अवसरमा काठमाडौंमा कला प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:५९:oo

१५२औँ गान्धी जयन्तीको अवसरमा कला प्रदर्शनी आयोजना गरिएको छ । नेपालका लागि भारतीय कार्यबाहक राजदूत नामग्य खम्पाले नेपाल आर्ट काउन्सिलमा आयोजित ‘असल जगतका लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेका हुन् । 

भारतीय राजदूतावास बिपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा सिभाता लभ फाउन्डेसनले कला प्रदर्शनीको आयोजना गरेको हो । उक्त प्रदर्शनी सर्वसाधारणका लागि १७ देखि २२ असोजसम्म खुला रहनेछ । 

गान्धी जयन्तीको अवसरमा नेसनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले भारतीय राजदूतावासको सहयोगमा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा स्तन तथा पाठेघर क्यान्सर जाँच एवं जनचेतना कार्यक्रम गरेको छ । भारतीय राजदूतावासकै सहयोगमा भारतीय नागरिक संघ नेपाल (आइक्यान)ले सोही भवनमा रक्तदान शिविरको आयोजनासमेत गरेको छ । 

नेपाल–भारत पुस्तकालयमा अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको छ । अन्तरक्रिया कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको भारतीय दुतावासले जनाएको छ । 

प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरूको गौरवशाली इतिहासको सम्झना गर्न भारत सरकारले अघि सारेको ‘आजादीका महोत्सव’ को एक कार्यक्रमको रूपमा गान्धी जयन्ती मनाइएको भारतीय दूतावासले जनाएको छ ।

ad
ad