मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १५ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १५ शुक्रबार १५:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कब्जा गर्ने प्रयास असफल भएपछि प्रचण्डले पार्टी फुटाए : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १५ शुक्रबार १५:५o:oo

एमाले अध्यक्ष केपी ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि प्रचण्डले पार्टीलाई विभाजन गरेको आरोप लगाएका छन्। अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डकाे सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको बताए।

पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको टिप्पणी गरे। उनले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयास जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डकाे सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको छ। यसो हुनुमा नवौँ महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दीमा संलग्न माधन नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ,’ ओलीले भने।