Skip This
एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधव नेपाल हुन् : अध्यक्ष ओली 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १५ शुक्रबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १५ शुक्रबार १५:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधव नेपाल हुन् : अध्यक्ष ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १५ शुक्रबार १५:२o:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन्। पार्टीको जारी विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले यस्तो बताएका हुन्।

उनले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूले स्वागतयोग्य काम गरेको टिप्पणी गरे।

ओलीले भने, ‘पार्टी एकता जोगाउन प्रदर्शित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरिछाड्ने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टीभित्रको अन्तर्संघर्षमा साथमा रहनुभएका अधिकांश कमरेडहरू त्यसलाई अस्वीकार गरेर एकताको पक्षमा उभिनुभएको छ। यो स्वागतयोग्य निर्णय हो।’

ओलीले पार्टीको एकतालाई जोगाउनका लागि माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरूले सकारात्मक योगदान पुर्याएको पनि स्पष्ट पारे।