१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
योगेश भट्टराई, सचिव तथा प्रचार विभाग प्रमुख 
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज १५ शुक्रबार ०६:४१:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

महाधिवेशनले एमालेलाई कमब्याकको आधार दिनेछ : योगेश भट्टराई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज १५ शुक्रबार ०६:४१:००

एमालेको प्रथम विधान महाधिवेशनको कार्यसूचीमा के–के छन् ?
आज पार्टी अध्यक्ष केपी ओलीले भव्य समारोहबीच प्रथम विधान महाधिवेशनको उद्घाटन गर्नुहुनेछ । विधान, प्रतिवेदन, संगठनात्मक प्रस्ताव प्रतिनिधिका बीचमा छलफलका लागि प्रस्तुत हुनेछ । अध्यक्षले राजनीतिक, महासचिवले संगठनात्मक र उपमहासचिवले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । समूह विभाजन कतिवटामा हुन्छ पछि थाहा हुन्छ, तर उनीहरूका बीचमा प्रतिवेदनमाथि छलफल अगाडि बढ्नेछ ।

विधान महाधिवेशनमार्फत एमालेले कस्तो खालको नयाँ राजनीतिक सन्देश दिन खोजिरहेको छ ?
विधान महाधिवेशन एमालेको जीवनको नयाँ अभ्यास हो । यो अभ्यास एमालेको इतिहासमा मात्रै होइन, अरू राजनीतिक दलको इतिहासमा समेत बिलकुल नयाँ अभ्यास हो । अलि बढी पार्टीको नीति, विधि, विधान निर्माणमा केन्द्रित रहेर हामी छलफल गर्नेछौँ । दोस्रो, अहिले पार्टीमा विभाजनको स्थिति उत्पन्न भएकाले यसलाई चिर्दै फेरि पार्टीलाई एकताबद्ध गर्ने उद्देश्य रहेकाले देशभरिबाट प्रतिनिधिहरूको संख्या अलिक ठूलो हुन पुगेको छ । पार्टीलाई सुदृढ र एकताबद्ध गर्ने सन्देश दिने हो । आगामी निर्वाचनको प्रतिस्पर्धामा एमालेलाई पहिलो पार्टी बनाउन देशभरका कार्यकर्तालाई एकै ठाउँबाट निर्देशन दिने सन्देश दिन खोजेका छौँ । हाम्रो अबको कार्यभार आउने स्थानीय, प्रदेश र संघको चुनावमा बहुमत ल्याउने र त्यसका लागि देशभरिका अगुवा साथीहरूलाई अगाडि बढ्न आह्वान गर्ने काम हामी विधान महाधिवेशनबाट गर्नेछौँ ।

एमालेले जनताको बहुदलीय जनवादको सिद्धान्त र कार्यदिशालाई यो विधान अधिवेशनमा कसरी प्रस्तुत गर्दै छ ? त्यसैलाई विकसित गर्ने तयारी हो या अरू केही योजना छ ?
अब हामी त्यो (जबज)भन्दा एक स्टेप अगाडि गइसकेका छौँ । जबजलाई समृद्ध र सुदृढ गर्दै समाजवादको दिशामा अगाडि बढ्ने भनिसकेका छौँ । अब हामी समाजवादको आधार निर्माण गर्ने काममा लाग्नेछौँ भनिसकेकाले जबजभन्दा एक स्टेप अगाडि बढेका छौँ ।

जबजभन्दा एक चरण अगाडि बढ्ने कुरा गर्नुभो, अहिलेको राजनीतिक प्रतिवेदनले तपाईंले भनेका कुरालाई समेटेको छ वा फरक मत पनि प्रस्तुत हुन्छ ?
अहिलेकै राजनीतिक प्रतिवेदनले सबै विषय समेटेको छ । 

विधान महाधिवेशनबाट के निष्कर्ष दिने तयारीमा हुनुहुन्छ ?
प्रतिवेदनहरू पास हुनेछन् । दोस्रो, विधान महाधिवेशन भनेको एमालेको पुनर्जागरण अभियान हो । यसले एमालेलाई पुनर्जागृत गर्नेछ । बीचमा नेकपाकालीन द्वन्द्व र अन्तर्विरोध थिए, त्यसलाई हल गर्दै पार्टीभित्र हार्दिक एकतासहित सुदृढ पार्टी निर्माण गर्दै आगामी चुनावमा एमालेलाई पहिलो, अब्बल मात्रै होइन कि बहुमतसहितको पार्टीका रूपमा पुनस्र्थापित गर्ने र राज्यका निकायमा संघ, प्रदेश र स्थानीय सरकारमा एमालेको पुनरागमन गर्ने आधार विधान महाधिवेशनले तय गर्नेछ । एमालेलाई सरकारमा कमब्याक गर्ने एउटा आधार तयार गर्नेछ ।