१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १४ बिहीबार
  • Saturday, 29 June, 2024
२o७८ असोज १४ बिहीबार १७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लामा चाडपर्वलक्षित सहुलियत दरमा खाद्यान्न बिक्री सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १४ बिहीबार १७:३९:oo

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले चाडपर्वलाई ध्यानमा राखेर छुटमा खाद्यान्न बिक्री सुरु गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रधान कार्यालय काठमाडौंले निर्धारण गरेको मूल्यमा शाखाले सहुलियत दरको खाद्यान्न बिहीबारबाट बिक्री सुरु गरेको हो ।

हुम्ला सदरमुकाम सिमकोटमा पहिलोपटक सुपथ मूल्य पसल सञ्चालन गरी छुटमा चामल बिक्री गर्न थालिएको हो । सिमकोट शाखाबाट दसैँ, तिहार र छठलगायतका चार्डपर्वमा दुई हजार तीन सय क्विन्टल चामल बिक्री हुने शाखाका निमित्त कार्यालय प्रमुख कृष्ण अधिकारीले जानकारी दिए । 

२५ र ३० केजी बोराका चामलमा १२५ र एक क्विन्टल चामलमा ५०० रुपैयाँ छुट हुने अधिकारीले नयाँ पत्रिकासँग बताए । छुट मूल्यको चामल स्थानीयबासी, कर्मचारी, सुरक्षाकर्मी सबैले पाउनेछन् ।

गत असार महिनामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलिय दरको चामलमा कर्मचारीले घोटाला गरेपछि जनता छुटबाट बञ्चित भएका थिए । नयाँ पत्रिकामा समाचार प्रकाशन भएपछि हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोटले बिल काटेर चामल बिक्री वितरण गरिरहेको छ ।

अन्य डिपो तथा बिक्री केन्द्रहरूमा भने स्थायी कर्मचारी नभएकाले सुपथ मूल्य पसल सञ्चालन हुने छैनन् । सदरमुकाम सिमकोट बाहिर नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताजाकोटका जनता भने सहुलियत चामलबाट वञ्चित भएका छन् ।

ad
ad
ad
ad