१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १४ बिहीबार
  • Wednesday, 02 July, 2025
एजेन्सी मुम्बई
२o७८ असोज १४ बिहीबार १२:४३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘शमशेरा’मा रणवीर दोहोरो भूमिकामा देखिने, चकलेटी इमेज बदल्ने अपेक्षा

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
नयाँ पत्रिका मुम्बई
२o७८ असोज १४ बिहीबार १२:४३:oo

चकलेटी ब्वाईका रूपमा चिनिएका बलिउड अभिनेता रणवीर कपुर अब फरक भूमिकामा देखापर्ने भएका छन्। नयाँ फिल्म ‘शमशेरा’मार्फत उनी नयाँ अवतारमा देखिन लागेका हुन्।

‘शमशेरा’मा रणवीरले दोहोरो भूमिका निर्वाह गरेकाे फिल्मसँग जोडिएकाे स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। फिल्ममा उनी बाबु र छोरा दुवैको भूमिकामा एकसाथ देखिने बताइएको छ।

अंग्रेजको मातहतमा काम गर्ने भारतीय प्रहरी अधिकारीहरूको दमनका विषयमा फिल्मको कथा केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ। फिल्ममा सञ्जय दत्तले एन्टागोनिस्ट (भिलेन)का रूपमा देखिनेछन्।

फिल्ममा रणवीरले दमदार एक्सन गरेकाे बताइएको छ। सधैँ उस्तै भूमिकामा देखिने भन्दै पछिल्लो समय उनको आलोचना हुँदै आएको छ। यो फिल्मले रणवीरको चकलेटी इमेजलाई परिवर्तन गरी करिअरलाई नयाँ दिशा दिने निर्माण पक्षको अपेक्षा छ।