मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Monday, 16 December, 2024
२o७८ असोज १२ मंगलबार १६:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, ६ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार १६:२५:oo

सर्लाहीका विभिन्न स्थानमा भएको दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। 

मंगलबार जिल्लाको गोडैता नगरपालिका– २ स्थित सिमरा भगवतीपुरमा ना.६त ८५४ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आउँदै गरेको बिआर ०७ भी ५३१६ भारतीय नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालक गोडैता– ६ बगदहका २३ वर्षीय रुपेश बैठाको ज्यान गएको हो। 

घटनापछि फरार ट्रयाक्टरचालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। 

यस्तै, जिल्लाको लालबन्दीस्थित भोर्लेनीमा अटोरिक्सा र मालबाहक पिकअप भ्यान ठोक्किँदा अटोरिक्सामा सवार ६ यात्रु घाइते भएका छन्। घाइतेमध्ये अटोेरिक्साचालक प्रदीप घलानको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको लालबन्दीस्थित पूर्व–पश्चिम लोकमार्गसँगै रहेका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।