बेलायतका पेट्रोल पम्पहरूमा सवारी चाप बढेपछि सेना परिचालन गर्ने तयारी गरिएको छ। पछिल्लो चार दिनदेखि यहाँका पेट्रोल पम्पहरूमा सवारी चाप बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
ट्रकचालकको अभाव भएपछि यहाँ इन्धनको संकट बढ्ने चिन्ताका कारण मानिसहरूले आवश्यकताभन्दा बढी इन्धन खरिद गरिरहेका छन्। बेलायतमा थप एक लाखभन्दा बढी ट्रकचालक आवश्यक रहेको बताइएको छ। ट्रकचालकको अभाव हुँदा यहाँका खाद्य आपूर्ति र सुपरमार्केटसहित अन्य उद्योगहरू प्रभावित भएका छन्।
मानिसहरूले आवश्यकताभन्दा अधिक इन्धन खरिद गरेकाले अभाव बढेको सरकारी अधिकारीहरूको भनाइ छ। बेलायतमा शुक्रबारयता पेट्रोलको मूल्य पछिल्लो ८ वर्षयताकै उच्च अंकमा पुगेको छ।
सवारी चाप व्यवस्थापन गर्न विशेष तालिमसहित सेनाका करिब एक सय ५० ट्यांक तयारी अवस्थामा राखिएको अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।