मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
यानिज भारुफाकिस
२०७८ असोज १२ मंगलबार १०:२०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकाबाट किन अपमानित भइरहन्छ युरोप ?

Read Time : > 2 मिनेट
यानिज भारुफाकिस
२०७८ असोज १२ मंगलबार १०:२०:००

अस्ट्रेलिया, बेलायत र अमेरिकाबीचको नयाँ सुरक्षात्मक साझेदारी ओकसको घोषणापछि बर्लिनबाट प्रकाशित हुने पत्रिका ‘डेर टागेस्पिएगेल’को हेडलाइन थियो : ‘भूराजनीतिको निर्मम पाठ ।’ देखिने गरी सम्झौताले फ्रान्सलाई ठूलो वित्तीय घाटा पुर्‍यायो । अस्ट्रेलियाले पहिले फ्रान्ससँग १२ वटा पनडुब्बीका लागि ३६ अर्ब डलरको सम्झौता गरेको थियो । ओकसको घोषणासँगै फ्रान्सले महत्वपूर्ण व्यापारिक सम्झौता गुमाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जुन शैलीमा ओकस घोषणा गरे, त्यसको नियत फ्रान्सलाई (र, फ्रान्स युरोपेली संघको सदस्य भएकाले सम्पूर्ण युरोपेली संघकै अपमान) अपमानित गर्नु रहेको बुझिएको छ । 

अमेरिकाले युरोपेली संघलाई अहिले मात्र निर्मम पाठ पढाएको भने होइन । डोनाल्ड ट्रम्पले उनका पूर्ववर्ती बाराक ओबामा र युरोपेली संघले मिलेर तयार पारेको इरानको आणविक सम्झौता उल्टाइदिए । उक्त कदमको उद्देश्यहरूमध्ये एउटा जर्मनीलाई उसको ठाउँ देखाउनु पनि रहेको ट्रम्पले बताएका थिए । जर्मन चान्सलर एन्जेला मर्केलले युरोपेली संघले अमेरिकाको इरानमाथिको प्रतिबन्ध बेवास्ता गर्दै इरानसँग व्यापार जारी राख्ने घोषणा गरिन् । मर्केलको घोषणाको केही घन्टाभित्रै जर्मन कर्पोरेसनहरूले इरानलाई रोजेर आफूहरूले अमेरिकी बजार गुमाउने जोखिम उठाउन नसक्ने बताए ।

उल्लेखित दुई घटनामा पश्चिममाथि अमेरिकाको बृहत्तर वित्तीय तथा भूरणनीतिक प्रभुत्वका दृष्टान्त हुन् । दुवै प्रकरणमा अमेरिकाले युरोपेली नेतृत्वलाई क्रुद्ध बनायो । रिसको झोकमा उनीहरूले जवाफी कदम चाल्नुपर्नेसम्म भने । इरानी कम्पनीसँग व्यापार गर्न प्रतिबन्ध लगाउने ट्रम्पले धम्की दिँदा युरोपेली संघभित्र अमेरिकी कम्पनीलाई पनि जवाफी प्रतिबन्ध लगाउनुपर्ने बहस सुरु भएको थियो । ओकस घोषणापछि फ्रेन्च राष्ट्रपति इम्यानुअल म्याक्रोंले वासिङ्टन, वासिङ्टन डिसी र क्यानबेरामा रहेका आफ्नो मुलुकका राजदूत फिर्ता बोलाए । राजदूत फिर्ता बोलाउने कार्य युद्ध घोषणासमेत गर्ने विकल्प हुँदा गरिन्छ । तर, विगतमा युरोपेली नेताको रिस शान्त भएपछि तिनको धम्की पनि सेलाउँदै गएको देखिन्छ । 

युरोपेली कम्पनीले ट्रम्पको प्रतिबन्धको धम्कीलाई चुपचाप स्विकारेपछि युरोपेली संघका नेता एक निचोडमा पुगेका थिए । जबसम्म भुक्तानी प्रणाली अमेरिकाको नियन्त्रणमा हुन्छ, पैसा जोडिएको हरेक मुद्दामा युरोप अमेरिकाको हेपाइ सहेर बस्नुपर्छ । उनीहरू अमेरिकाको नियन्त्रणमा नरहने अलग युरोपेली भुक्तानी प्रणाली आवश्यकता रहेको निष्कर्षमा पुगे । ओकसको विवादपछि सबल युरोपेली सेनाको आवश्यकताबारे चर्चा सुरु भयो । दुवै सन्दर्भमा अमेरिकी प्रभुत्वलाई चुनौती दिने खालको जुन युरोपेली संस्थानहरूको निर्माण गर्नुपर्छ, त्यसमा भने युरोपेली नेताले बहस गरिरहेका छैनन् । खासमा उनीहरूलाई त्यस्तो संस्थानको बहस नै मन पर्दैन । 

डोनाल्ड ट्रम्पले इरान आणविक सम्झौतालाई खारेज गरेर युरोपेली संघलाई अपमानित गरे, अहिले जो बाइडेनले नयाँ ओकस सहमति घोषणा गरेर फेरि अपमानित गरेका छन् । युरोपेली नेताले विरोध गर्लान्, तर युरोपेली संघले अमेरिकाको सर्वोच्चता स्विकार्नु पनि तिनको सचेत निर्णय हुनुपर्छ । 
 

युरो–बहुल भुक्तानी प्रणालीमार्फत कर्पोरेसन र राज्यले अमेरिकी प्रभुत्वको वित्तीय प्रणालीबाट अलग रहेर व्यापार सम्भव बनाउने महत्वाकांक्षा आफैँमा ठूलो हो । यस्तो प्रणालीले काम गर्नका लागि जापानी, भारतीय र चिनियाँ रकमलाई पनि आकर्षित गर्न सक्नुपर्छ । त्यसका लागि अमेरिकाको ट्रेजरी हाराहारीको कोष निर्माण गर्नुपर्छ । तर, अहिले युरोपेली संघसँग अमेरिकी ट्रेजरी हाराहारीको केही पनि छैन । जर्मन बन्ड सुरक्षित त छ, तर त्यो पनि डलरप्रधान अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई टेको दिने हिसाबमा पर्याप्त छैन ।

अमेरिकी ट्रेजरी जत्रै कोष निर्माण गर्ने परियोजना आजका लागि टाढाको कुरा हो भन्ने युरोपेली अधिकारीलाई थाहा छ । विगतमा धेरै चर्चा भएको तर हालसम्म कार्यान्वयनमा नआएको युरोबोन्डले त्यो कार्य गर्ने बताइन्छ । तर, विशाल आकारको युरोबोन्डलाई साकार बनाउनका लागि युरोपभर ठूलो ऋण सिर्जना गर्नुपर्छ, जसले साझा कोषको माग गर्छ । युरोपेली संघको हालको अन्तरसरकारी संरचना परित्याग गरेर एक लोकतान्त्रिक संघको निर्माण गरे मात्र साझा कोष सम्भव हुन्छ । तर, युरोपियन एलिटहरू भने त्यसलाई मन पराउँदैनन् । सैन्य एकीकरणमा पनि उस्तै डर कायम छ । एक संघीय सरकार निर्माण गर्न सक्ने संघीय संसद् नबनीकन एकीकृत युरोपियन सेना निर्माण हुँदैन । 

युरोपेली नेतालाई अमेरिकाले गरेको अपमानका लागि तिनकै व्यवहार जिम्मेवार छ । जब अमेरिकी राष्ट्रपतिले तिनको गालामा थप्पड लगाएर आफू मालिक भएको महसुस गराउँछन्, तब उनीहरूसँग अर्को गाला थाप्नेबाहेक विकल्प हुँदैन । अखिरमा उनीहरूले युरोपेली स्वतन्त्रतालाई कमजोर बनाएर अहिलेको अवस्थाका लागि मार्ग खुला राखेका हुन् । प्रत्येकपटक अमेरिकी थप्पड पर्दा उनीहरू आक्रोशित त हुन्छन्, तर पनि अमेरिकी प्रभुत्वबाट युरोपलाई मुक्त गर्नेबारेमा सोच्दैनन् । अर्कोपटक पनि अमेरिकाबाट अपमानित नहुने हो भने युरोपले युरोबोन्ड र साझा सेना बनाउनुपर्छ । तर, ती दुई निकाय निर्माणका लागि युरोपका राष्ट्रिय शासक वर्ग (विशेषतः दाता मुलुकका शासक)ले तिनका असीमित अधिकार त्याग्न तयार हुनुपर्छ । अन्तरदेशीय संघीय सरकारका लागि अन्तरदेशीय मतदातालाई स्विकार्नुपर्छ । तर, धेरै नेता यस विचारमा सहज छैनन् । युरोपेली नेताले समय–समयमा विरोध गर्नुको साटो आफ्नो विकल्प छनोट गर्नुपर्छ ।