१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ११ सोमबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ११ सोमबार १६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

पोखरेलको कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’ बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ११ सोमबार १६:१५:oo

लेखनाथ पोखरेलको कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ। केही समयअघि नियात्रासंग्रह ‘फकलिको गाउँ’ पाठकमाझ ल्याएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो।

सावित्री पोखरेल प्रकाश रहेको २४० पेजको यो कथासंग्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ। कृतिभित्रकै एक कथा ‘मार्बल हाउसकी शालिनी’लाई लिएर पुस्तकको नाम राखिएको छ। पुस्तकमा १५ कथा समेटिएका छन्। कथालाई नारीप्रधान कथाका रूपमा प्रस्तुत गरिएको छ। ‘आत्मकथा होस् कि नियात्रा ! चाहे त्यो आख्यान नै किन नहोस्। मानिसले अरूको कुरा कहाँ  लेख्दछ र ? पात्र र स्थानविशेषको नामकरण जेसुकै गरिएको किन नहोस् घटना र विषयवस्तुको प्रस्तुति प्रायः आफूसम्बद्ध नै हुने गर्छन्। जे–जति लेखिन्छन्, ती आफ्नै मन–मस्तिष्कमा छरपस्ट भई तम्तयार बसेका, देखेका, सुनेका, जानेका र भोगेका घटना शब्दरूपी अलंकारको रंगले लिपपोत गरेर पस्किइने अव्यक्तमध्येका केही भाव र घटनाक्रम मात्र हुन्,’ लेखक पोखरेलले भने । 
 

ad
ad
ad
ad