मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज ११ सोमबार १२:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस अधिवेशन : मुगुका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन

Read Time : < 1 मिनेट
२०७८ असोज ११ सोमबार १२:३७:००

मुगुका तीन गाउँपालिकामा नेपाली कांग्रेसको सर्वसम्मत नेतृत्व चयन भएको छ। १४औँ महाधिवेशनअन्र्तगत जिल्लाका चार स्थानीय तहमध्ये तीन गाउँपालिका खत्याड, सोरु र मुगम कार्मारोङमा सर्वसम्मत नेतृत्व चयन भएको हो।

खत्याड गाउँपालिकाको सभापतिमा लोकराज दाहाल, सोरु गाउँपालिकामा कुबेरजंग शाही, र मुगुम कार्मारोङ गाउँपालिकामा गारा तामाङ सर्वसम्मत चयन भएका हुन् ।
यता, छायानाथ रारा नगरपालिकामा भने आइतबार बेलुकीसम्म सहमति हुन नसकेपछि आज सोमबार दिउँसोदेखि निर्वाचन हुँदै छ ।

जिल्लाका चारवटै स्थानीय तहमा नियमित तालिकाअनुसार शनिबार नै अधिवेशन उद्घाटन गरिए पनि तीन गाउँपालिकामा १० गते बेलुकी मात्रै सभापति र पदाधिकारी निर्विरोध चयन गर्न सफल भएको मुगु कांग्रेसले जनाएको छ ।