१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १० आइतबार
  • Monday, 30 June, 2025
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १० आइतबार १८:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वर्षाले बिग्रेका सडक तत्काल मर्मत गर्न सरकारलाई संसदीय समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १० आइतबार १८:११:oo

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले दसैँलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका सडकहरूको निर्माण तत्काल सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो।

बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले सवारीसाधनमा सिट क्षमताअनुसार यात्रु राख्न, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न, लामो दूरीमा चल्ने यात्रुहरूको भाडादर देखिने ठाउँमा टाँस्न, भौतिक रूपमा टिकट काट्ने व्यवस्था हटाई अनलाइन प्रणाली लागू गर्न, अनलाइनबाट टिकट काट्दा भाडा छुट गर्नलगायतका कुराहरूको प्रभावकारी अनुगमन गर्न यातायात मन्त्रालयलाई निर्देशन दिइन्।

सभापति खड्काले पाँच दिन यात्रुहरूको सहजताका लागि सवारीसाधन चेकजाँच नगरी सहज सुविधा दिने निर्णयलाई दुई दिन थपेर एक हप्ता बनाउन पनि सरकारलाई सचेत गराइन्।

समितिले ५० करोड रुपैयाँभन्दा बढी लागत भएका आयोजनाहरूलाई मात्र वर्षीय आयोजनाको रूपमा कार्यान्वयन गर्ने गरी बनाइएको मापदण्डले पूर्वाधार विकासमा आवश्यक रहेका धेरै आयोजनाहरू कार्यान्वयन नहुने र अव्यावहारिक हुने भएकोले सो मापदण्ड तत्काल पुनरावेदन गर्ने व्यवस्था मिलाउन यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।