Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज ७ बिहीबार १७:२४:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इपिएल खेल्न काठमाडौं आइपुगे अफ्रिदी (तस्बिरसहित)

Read Time : > 3 मिनेट
२०७८ असोज ७ बिहीबार १७:२४:००

पाकिस्तानका पूर्व कप्तान तथा अलराउन्डर सहिद अफ्रिदी चौथो एभरेस्ट प्रिमियर लिग टी–२० (इपिएल) क्रिकेट प्रतियोगिताकै सवैभन्दा ठूला नाम गरेका खेलाडी हुन् । विश्व क्रिकेटमा विस्फोटक ब्याटिङसँगै स्पिन बलिङ जादु देखाइसकेका अफ्रिदी बिहीबार इपिएलमा सहभागी हुन काठमाडौं आइपुगेका छन् । टियु क्रिकेट मैदानमा शनिबारदेखि सुरु हुने इपिएलमा अफ्रिदीले काठमाडौं किंग्स इलाभेनबाट प्रतिस्पर्धा गर्ने छन् । 

कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आर्लेका अफ्रिदी निकै सामान्य ढंगमा प्रस्तुत भएका थिए । उनले उर्दु भाषामा ‘नेपालमा तपाईहरु मलाई स्वागत गर्नु हुन्न ?’ आफना समर्थक तथा नेपाली सन्चारकर्मीसँग प्रस्तुत भए । ब्राउन कलरको कपाल र सेतो टिसर्टमा झुल्किएका अफ्रिदीले थोरै समय मिडियाकर्मीसँग वार्ता गरेका छन् । 

घर जस्तै महसुस
अफ्रिदीले नेपालमा पाइला टेक्दा आफू घर (पाकिस्तान) मै रहेको महसुस गरेको सुरुवाती प्रतिक्रिया दिए । ‘म घरमै छु जस्तो लाग्यो’, मन्द मस्कानमा अफ्रिदीले भने, ‘यति बेला मलाई म आफू पाकिस्तानमै रहेको अनुभव गरेको छ ।’ काठमाडौं किंग्सले अफ्रिदीलाई आवद्ध भएको घोषणा गरेको समयमा उनले नेपाल बारेमा खासै जानकारी नभएको तर नेपालमा क्रिकेटप्रति क्रेजी भएको बताएका थिए । 

अहिले अफ्रिदी नेपाल बारेमा थुप्रै जानकारी लिएर आएका छन् । विशेषत नेपालको आतिथ्य सत्कार उत्कृष्ट रहेको उनले बताए । ‘मैले नेपाल र यहाँका जनताको बारेमा धेरै सुनेको थिएँ,  यहाँको पाहुनालाई गर्ने स्वागतसत्कार उत्कृष्ट छ र यो देश सुन्दर छ,’ हल्का सन ग्लास मिलाउँदै अफ्रिदी नेपालको प्रशंसा गर्दे भन्छन्, ‘ विश्वास गर्नुस म धेरै धेरै खुशी छु ।’

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने
कार्य तालिकाको व्यस्तताका कारण अफ्रिदीले इपिएलमा दुई खेलमा मात्र सहभागी हुने बताएका छन् । अर्को साता नै फर्कने अफ्रिदीले शनिबार साविक विजेता ललितपुर प्याट्रियट्र्स तथा सोमबार विराटनगर वारियर्सविरुद्ध प्रतिस्पर्धा गर्ने छन् । यी दुई खेलपछि उनी स्वदेश फर्केन छन् । ‘काम विशेषका कारण म इपिएलमा दुई खेल मात्र खेल्न आएको हुँ, दुई खेलपछि पाकिस्तान नै फर्कने छु,’ उनले भने । 

नेपालको छोटो बसाईमा यहाँको क्रिकेट विकासमा सहयोग गर्ने प्रतिवद्धता उनले दिएका छन् । ‘म क्रिकेटकै कारण अहिले नेपालमा छु, यहाँको क्रिकेट विकासमा सहयोग पुगोस भन्ने चाहनाका साथ नै नेपाल आएको हुँ,’ नेपाल क्रिकेटको ब्रान्ड्रिङ तयार देखिएका अफ्रिदीले भने । ४१ बर्षिय अफ्रिदीले नेपालले क्रिकेटमा पछिल्लो समयमा राम्रो गरेको जनाएका छन् । ‘नेपालको क्रिकेट पछिल्लो समयमा राम्रो अवस्थामा छ,’ उनी भन्छन् । 

टी–२० विश्व च्याम्पियन कप्तान
पाकिस्ताले सन् २००९ मा दोस्रो संस्करणको आइसिसी टी–२० विश्वकप उपाधि जितेको थियो । पाकिस्तानले सन् १९९२ को एकदिवसीय पछि टी–२० विश्वकप उपाधि हात पारेको हो । यो सफलता हात पार्न तत्काल कप्तान अफ्रिदीले उत्कृष्ट प्रदर्शन गरेका थिए । दोस्रो संस्करणको टी–२० विश्वकपमा अफ्रिदी ब्याटिङ, बलिङ तथा फिल्डिङमा त्यतिकै उत्कृष्ट देखिएका थिए । पाकिस्तानलाई पहिलो पटक टी–२० विश्वकप उपाधि दिलाउन उनले फाइनलमा श्रीलंकाविरुद्ध महत्वपूर्ण ५४ रनको अर्धसतकीय इनिङ्स खेलेका थिए । 

सन् २००७ मा सम्पन्न पहिलो संस्करणको टी–२० विश्वकपमा उनी प्रतियोगिताकै म्यान अफ दी सिरिज भएका थिए । अफ्रिदीले पाँच बर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । सन्न्यास घोाषणा पछि अफ्रिदी विश्व भरी आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा आवद्ध छन् । 

दुई दशकको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा
सन् १९९६ मा केन्याविरुद्धको खेलमा अफ्रिदीले पाकिस्तान टोलीबाट एकदिवसीय खेलमा डेब्यू गरेका थिए । त्यसबेला पाकिस्तानमा एक से एक खेलाडी थिए । दिग्गज खेलाडीबीच अफ्रिदीले छोटो समयमै स्थान सुरक्षित गर्न सफल भए । डेब्यू गरेको बर्षमै उनले श्रीलंकाविरुद्ध केवल ३७ बलमै एकदिवसीय खेलमा शतकीय इनिङ्स खेले । त्यो समयमा एकदिवसीय इतिहासमा सवैभन्दा कान्छो तथा छिटो शतक लगाउने अफ्रिदी थिए । अफ्रिदीले एकदिवसीय खेलमा राखेको कम बलमै शतक प्रहार गर्ने रेकर्ड दक्षिण अफ्रिकाका एवि डि डिभिलियर्सले तोडे । भिलियर्सले वेस्ट इन्डिजविरुद्ध ३१ बलमा शतक लगाएका हुन् । नब्बेको दशकमा एक विस्फोटक ब्याट्सम्यानका रुपमा आफूलाई स्थापित गरेका अफ्रिदीले यसै फम्यार्टमा वेस्ट इन्डिजविरुद्ध १२ रन खर्चेर सात विकेटको

लिएको रेकर्ड पनि राखेका छन् ।  अफ्रिदीले एकदिवसीय खेलमा ३ सय ९८ खेलमा ६ शतक तथा ३९ अर्धशतकका साथ आठ हजार ६४ रन जोडेका छन् । आफ्नो समयकै एक उत्कृष्ट अलराउन्डर अफ्रिदीले पाँच दिन सम्म चल्ने टेस्ट खेलमा पनि पाँच शतक तथा आठ अर्धसतक इनिङ खेल्दै एक हजार सात सय १६ रन बनाएका छन् । उनले एकदिवसीय खेलमा तीन सय ९५ तथा टेस्ट खेलमा ४८ विकेट हात पारेका छन् । 

चौका र छक्का प्रहार गर्न माहिर
एकदिवसीय, टी–२० तथा टी–२० मा उनले कु्नै पनि बलरलाई छाड्दैनन । राम्रो बलमा पनि छक्का प्रहार गर्न सक्ने खुवी भएका अफ्रिदी विशेषत लेग ब्रेक बलिङ गर्छन् । अफ्रिदीले टेस्टमा ५२, एकदिवसीयमा तीन सय ५१ तथा अन्तर्राष्ट्रिय टी–२० मा ७३ छक्का प्रहार गरेका छन् । यसैगरी एकदिवसीय खेलमा उनले सात सय ३०, टेस्टमा दुई सय २० तथा अन्तर्राष्ट्रिय टी–२० मा एक सय तीन पटक चौका प्रहार गरेका छन् । 

आक्रमक रुपमा ब्याटिङ गर्न रुचाउनले अफ्रिदीले ९९ अन्तर्राष्ट्रिय टी–२० खेल खेलेका छन् । यसक्रममा उनले चार अर्धसतकको सहयोगमा एक हजार एक सय १६ रन बटुलेका छन् । टी–२० मा उनले ९८ विकेट लिएका छन् । 

अहिलेसम्म विभिन्न टी–२० खेलमा उनले तीन सय २६ खेलमा चार हजार तीन सय ९५ रन बनाउनुका सार्थ एक पटक शतकीय इनिङ खेलेका छन् । तीन सय २६ टी–२० खेलमा उनले तीन सय ४४ विकेट आफ्नो नाममा राखेका छन् । 

ज्ञानेन्द्रले इपिएल नखेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले चौथो इपिएल नखेल्ने भएका छन् । उनी आवद्ध ललितपुर प्याट्रियट्र्सले सुरुवाती क्रममा खेलाडीको नाम घोषणा गर्दा मल्ल कप्तानी नै थिए । तर बिहीबार कप्तान मल्लले व्यक्तिगत कारण देखाउँदै इपिएल नखेल्ने जानकारी दिएको ललितपुरले दिएको छ । पछिल्लो संस्करणमा मल्लकै कप्तानीमा ललितपुरले उपाधि हात पारेको थियो । ललितपुरले अव कप्तानी जिम्मेवारी कुशल भुर्तेललाई दिएको छ । इपिएलमा विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्ल्याडिएटर्सले प्रतिस्पर्धा गर्ने छन् ।