मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ७ बिहीबार
  • Wednesday, 09 July, 2025
एजेन्सी मुम्बई
२o७८ असोज ७ बिहीबार १२:३२:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

विद्युतको ‘सनक’ ओटिटी प्लेटफर्मबाट रिलिज हुने

Read Time : > 1 मिनेट
एजेन्सी मुम्बई
नयाँ पत्रिका मुम्बई
२o७८ असोज ७ बिहीबार १२:३२:oo

बलिउड अभिनेता विद्युत जामवाल पछिल्लो समय आफ्नो नयाँ फिल्म सनकका कारण चर्चामा छन्। उनी अभिनीत एक्सन थ्रिलर फिल्म सनक डिजिटल प्लेटफर्मबाट रिलिज हुने भएको छ।

विद्युतले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फिल्मको पोस्टर सार्वजनिक गर्दै डिज्नी प्लस हटस्टारबाट रिलिज हुने जानकारी दिएका छन्।

‘मैले सुनेको छु, सनकले जे पनि गराउन सक्छ। प्रेममा सनकी बनाउन सक्छ। अब मेरो ‘सनक’ले सबै सीमा पार गर्नेछ। मेरो अपकमिङ एक्सन थ्रिलर फिल्म ‘सनक’ छिट्टै ओटिटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा आउँदै छ,’ उनले लेखेका छन्। यद्यपि, फिल्म कहिले रिलिज हुन्छ भन्ने तय भइसकेको छैन।

फिल्ममा विद्युतसहित बंगाली अभिनेत्री रुक्मिणी मैत्रा, चन्दन राय सान्याल र नेहा धुपियालगायतले मुख्य भूमिका निर्वाह गरेका छन्। किनिस्क वर्माले फिल्मलाई निर्देशन गरेका हुन्।