एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत

मंगलबार, ५ असोज, २०७८
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकमा प्रतिवेदन प्रस्तुत गरेको हुन् ।

प्रतिवेदनमाथि छलफलका लागि ५ समूह बनाएर समूह छलफल सुरु भएको छ । साथै, बैठकले पार्टी दर्ताका क्रममा सनाखत गरिएका बाहेक थपिएका केन्द्रीय सदस्यहलाई शपथ ग्रहण गराइएको एकीकृत समाजवादीले जनाएको छ । 

बैठकले समसामयिक विषयमा छलफल र एजेन्डासमेत तयार पारेको छ । तर, सरकारमा जाने विषयमा भने कुनै छलफल नभएको बताइएको छ ।

सुझावित समाचार