मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ५ मंगलबार ११:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डोल्पाको क्रियाशील विवाद टुंगियो, १३ जिल्लाको विवरण एकसाथ सार्वजनिक हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ५ मंगलबार ११:२३:००

नेपाली कांग्रेसले डोल्पा जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगाएको छ। सोमबार साँझ डोल्पाको विवाद टुंगो लागेको हो। नेताहरू कृष्णप्रसाद सिटौला, रमेश लेखक र डा. मीनेन्द्र रिजाल सदस्य रहेको कार्यदलले विवाद टुंगो लगाएको हो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार साँझ डोल्पाको क्रियाशील सदस्यता विवाद टुंगो लागेको नयाँ पत्रिकालाई जानकारी दिए । उनले विवाद टुंगो लागेका र लाग्न बाँकी १३ जिल्लाको विवरण एकसाथ केन्द्रीय निर्वाचन समितिलाई बुझाइने र सार्वजनिक गरिने जानकारी दिए।

समितिले धनुषा र कैलालीको विवाद टुंगो लागेको बताए पनि निर्वाचन समितिलाई विवरण उपलब्ध गराएको छैन। ‘टुंगिएका केही र टुंगो लाग्न बाँकी सबै टुंग्याएर एकसाथ विवरण निर्वाचन समितिलाई बृुझाइनेछ,’ उनले भने, ‘नेताहरू बाँकी विवाद जतिसक्दो छिटो टुंग्याउने गरी काममा लागिरहनुभएको छ।’

१३ जिल्लाको अधिवेशन अनिश्चित हुँदा कांग्रेसको पछिल्लोे कार्यतालिका प्रभावित बनेको छ। यससँगै क्रियाशील विवाद टुंगो लाग्न बाँकी जिल्लाको संख्या १० पुगेको। कांग्रेस केन्द्रीय कार्यालयले कार्यदलले विवाद बाँकी रहेको स्थानको विवाद छिट्टै टुंगो लगाउने गरी काम गरिरहेको बताएको छ।