केश तथा चर्म स्याहारसम्बन्धी उत्पादक कम्पनी मेरिकोले ‘प्यारासुट नेचुरल स्याम्पु’ बजारमा ल्याएको छ । कम्पनीले सबै प्रकारका केशहरूका लागि उपयुक्त प्राकृतिक तत्वहरू भरपूर रहेको स्याम्पु बजारमा ल्याएको हो ।
यो स्याम्पु पारबेनरहित, चर्मगत रूपमा परीक्षण गरिएको र भेगानमैत्री रहेको कम्पनीले जनाएको छ । यसका सबै प्रकारका उत्पादन तीन सय ४० मिलिमा रहेका र मूल्य तीन सय रुपैयाँ तोकिएको जनाइएको छ ।
प्यारासुट नेचुरल स्याम्पुका सबै प्रकारमा नरिवलको दूध प्रोटिनको गुण विद्यमान रहेकाले कपाललाई जरैदेखि पोषण दिने तथा कपाललाई बलियो बनाउने कम्पनीको दाबी छ । सबै उत्पादनहरूमा विशेष प्राकृतिक तत्व रहेको जनाइएको छ ।