१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
जेनेभिभ लिई
२o८१ बैशाख २५ मंगलबार ११:१२:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी ‘समाजवादीहरू’को तमासाभित्रको राजनीति

Read Time : > 2 मिनेट
जेनेभिभ लिई
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:१२:oo

गत सोमबार न्युयोर्ककी जनप्रतिनिधि (कंग्रेसवुमन) र अमेरिकी लोकतान्त्रिक समाजवादी समूह (डिएसए) की सदस्य एलेक्जेन्ड्रिया ओकासियो कर्टेज विश्वकै धनी एवं प्रभावशाली अभिनेता, फेसन उद्यमी र राजनीतिज्ञहरूसँग एक भव्य समारोह (मेट गाला) मा देखा परिन् । मेट गालालाई विश्वकै प्रख्यात एवं विशिष्ट सामाजिक उत्सवका रूपमा लिने गरिन्छ । गाला उत्सव हरेक वर्ष न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्ट्स कस्ट्युम इन्स्टिच्युटका लागि कोष संकलन गर्ने उद्देश्यले आयोजना गरिन्छ । यो समारोहको टिकट ३० हजार डलरबाट सुरु हुन्छ । यो उत्सवमा लखपतिहरू पार्टी गर्छन् र करोडपतिहरू रातो कार्पेटमा अनौठा लुगा लगाएर परेड गर्छन् । यी प्रदर्शनी ‘संस्कृति’ र कलाका नाममा गरिन्छन् ।

कार्यक्रमको उद्देश्य भनेकै आफ्नो सम्भ्रान्तपनलाई अनौठो तरिकाले प्रदर्शन गर्नु हो । वार्षिक रूपमा औसत एक अर्ब २० करोड डलर आम्दानी गर्ने किम कार्देसियन अनुहार छोप्ने गरी पूरै कालो वस्त्र लगाएर गालामा आएकी थिइन् र उनको स्वरूपलाई गाला रातका ‘सबैभन्दा अनुकूल’ भनेर प्रशंसा गरिएको थियो ।  र्‍यापर लिल नास एक्स सुनको शाही जामा पहिरेर आएका थिए, जुन सानोतिनो कम्पनीले नभई भर्सेसले डिजाइन गरेको थियो । समग्रमा सबै आभूषणको मूल्य एक ठाउँमा ल्याउने हो भने एक सानो मुलुकलाई खुवाउन पुग्ने रकम हुन्थ्यो । 

त्यसो भए आफूलाई ‘समाजवादी’ भन्ने ओकासियो कर्टेज त्यहाँ के गरिरहेकी थिइन् ? कर्टेजले सञ्चारमाध्यमलाई आफू त्यहाँको उत्सवमा गएर ठूला संस्थालाई चुनौती दिइरहेकी बताएकी थिइन् । सामाजिक न्यायका लागि गालामा गएकी कंग्रेसवुमनले १० हजार डलरको आभूषण पहिरेकी थिइन् । कर्टेजको आभूषणको ढाडपट्टी ‘धनीलाई कर तिराउ’ भनेर लेखिएको थियो । त्यहाँ उपस्थित पत्रकारलाई कर्टेजले आफ्नो आभूषण न्युयोर्ककी ‘दिगो सोच राख्ने औरुरा जेम्स एक अश्वेत आप्रवासी डिजाइनरले’ बनाएको बताएकी थिइन् । कर्टेज भन्छिन्, ‘जब हामी सिनेटमा श्रमजीवी परिवारलाई सघाउने र न्यायपूर्ण कर असुलीबारे छलफल गर्छौं, तब छलफल श्रमजीवी एवं मध्यमवर्गमै सीमित हुन्छ ।’

उनका अनुसार गालामा आउनुको उद्देश्य धनाढ्यहरूलाई थप करको दायरामा ल्याउनेबारे ‘सबै वर्गका मानिसमाझ’ छलफल गराउनु हो । कंग्रेसवुमन यस्ता हास्यास्पद उपायमा विश्वास गर्छिन् भन्ने पत्याउन गाह्रो भइरहेका वेला उनको टिप्पणीले श्रमजीवीलाई धनाढ्यहरूले आफूलाई थप करको दायरामा ल्याउनुपर्छ भन्ने राजनीतिक धारणा बोक्न आग्रह गरेको बुझिन्छ । यसको अर्थ हो, कर्टेजको आभूषणमा लेखिएको ‘सन्देश’ले एलन मस्कजस्ता धनाढ्यलाई विचलित गरोस् । त्यहाँ उपस्थित एलन मस्कजस्ता धनाढ्यलाई कुनै नैतिक संकट परेको देखिएन, ठीक त्यसैगरी कर्टेजको आभूषणले अमेरिकी पुँजीवादको रौँसमेत हल्लाएन ।

‘समाजवादी’ कर्टेजको ‘मेट गाला’मा देखिएको पछिल्लो तमासा अत्यधिक हल्का, हास्यास्पद एवं मूर्खतापूर्ण रहेको छ । यसपछाडिको राजनीति हेर्नलायकको छ ।

जहाँसम्म सिनेटमा ‘श्रमजीवी एवं मध्यमवर्गबीच छलफल’को विषय छ, अमेरिकी कंग्रेसका अधिकांश सदस्य लखपति छन्, जो सिनेटसम्म अमेरिकी व्यापारीका कारण पुगेका छन् । कर्टेजको पछिल्लो तमासा अत्यधिक हल्का, हास्यास्पद एवं मूर्खतापूर्ण रहेको छ । यद्यपि यो तमासाका पछाडिको राजनीति हेर्नलायकको छ । पहिलो, कर्टेज अमेरिकी संस्थापनका लागि कुनै पनि किसिमले खतरा होइनन् । उनलाई यति विशिष्ट उत्सवमा बोलाइनुले उनी शासकवर्गमा समाहित एवं स्वीकार गरिएकी पात्र हुन् भनेर बुझ्न गाह्रो छैन । 

उनको स्वरूप सतहमा आएदेखि करिब सबै मूलधारका मिडियाले उनको ‘अभिव्यक्ति’लाई प्रशंसा नगरेको देखिँदैन । दिनानुदिन दक्षिणपन्थी भइरहेको डेमोक्रेटिक पार्टीमा कर्टेजले फगत वामपन्थी चमक देखाइरहेकी छिन् । अमेरिकी समाजमा बढ्दै गइरहेको सामाजिक तनावका सन्दर्भमा शासक वर्ग कर्टेज जस्ता पात्रलाई अगाडि सारेर डेमोक्रेटिक पार्टी मजदुर एवं युवाको स्वार्थका लागि काम गरिरहेको छ भन्ने देखाउन चाहन्छन् । यस्तो देखावटीका लागि पार्टीले आफ्नो नियम–विधान मिचेर कर्टेज जस्ता पात्रलाई वामपन्थी हुँ भनेर देखाउन सार्वजनिक तमासा गर्ने छुट दिन्छ ।

वास्तवमा उनले डेमोक्रेटिक पार्टीलाई चोख्याउने र असली राजनीतिक मुद्दालाई ओझेलमा पार्ने काम गरिरहेकी छिन् । यो तथ्यलाई महामारी र महामारीमा विद्यालय खोल्ने निर्णयमा कर्टेजले साधेको मौनताले पुष्टि गर्छ । त्यसबाहेक गालामा कर्टेजको सहभागिताले न्युयोर्कका मेयर डि ब्लासियोले न्युयोर्क व्यापार व्यवसाय गर्न तयार रहेको देखाउने प्रपञ्चलाई पनि सदर गरिदिएको छ । जुन दिन कर्टेज गालामा सहभागी भइरहेकी थिइन्, त्यसै दिन १०औँ लाख बालबालिका कोभिड–१९ को जोखिमबीच कक्षाकोठामा खाँदिएका थिए । 

विद्यालय पुनः खोल्ने निर्णय संघीय बेरोजगार सुविधामा कटौतीसँग मिल्छ । त्यति मात्रै होइन, चरम गरिबीमा रहेका घरविहीन १०आँै लाख परिवारका बालबालिका र श्रमजीवीलाई असुरक्षित विद्यालय एवं कार्यक्षेत्रमा जान भनिएको छ, अन्यथा ऋण तिर्न थपिएको समयलाई हटाउने धम्की दिइएको छ । महामारी सम्बन्धित बाइडेनका दक्षिणपन्थी नीतिलाई सहयोग गर्न कर्टेजले कुनै कसर बाँकी राखेकी थिइनन् । दुई साताअघि उनले आफ्नो निर्वाचन क्षेत्रमा विद्यार्थीको असुरक्षित विद्यालय फिर्तीको अभियान चलाएकी थिइन् । वास्तवमा उनी बालबालिकालाई असर गर्ने गरी बढ्दै गइरहेको कोभिड–१९ को डेल्टा भेरियन्टबारे मौन छिन् । ऐतिहासिक क्षति हुने गरी विश्व स्वास्थ्य संकटमा परेको छ । यो स्वास्थ्य संकटले १०औँ लाख मारिएका छन् र थप १०औँ लाखलाई जोखिममा पारेको छ । यस्तो अवस्थामा तथाकथित 
‘वामपन्थीहरूको’ भूमिकालाई कर्टेजको मेट गालाको प्रदर्शनीले स्पष्ट पार्छ ।    
वल्र्ड सोसियलिस्ट वेबसाइटबाट  (लिई सामाजिक समानताका लागि अमेरिकी अन्तर्राष्ट्रिय युवा एवं विद्यार्थीकी राष्ट्रिय सचिव हुन्)                

ad
ad