मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ३ आइतबार ०६:२२:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ३ आइतबार ०६:२२:००

भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन–२ का विजेता बनेका छन् । आफ्ना दुई प्रतिस्पर्धी बिक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेल विजेता बनेका हुन् ।

विजेतालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ट्रफी र पुरस्कार वितरण गरेका थिए । च्याम्पियन विजेता पौडेलले कारसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । कमेडी रियालिटी शो कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो ।

कमेडी च्याम्पियन सिजन १ मा हिमेश पन्त च्याम्पियन बनेका थिए । कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई थिए । पौडेल ताप्लेजुङ, अग्रवाल सिक्किम र थापा गोरखाका हुन् ।