मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १ शुक्रबार १८:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरी भएर भेटिएका मोटरसाइकल सवारीधनीलाई फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १ शुक्रबार १८:२०:००

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हराएका र चोरी भएका मोटरसाइकलहरू सम्बन्धित व्यक्तिहरूलाई हस्तान्तरण गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाशाखाले चोरी भई भेटिएका मोटरसाइकलहरू सम्बन्धित व्यक्तिहरूलाई  हस्तान्तरण गरेको हो ।

कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले २४ वटा हराएका मोटरसाइकल र स्कुटर काठमाडौं उपत्यकाबाट फेला पारी सवारीधनीहरूलाई बुझाएको जानकारी दिए ।

प्रमुख एसएसपी भट्टराईले भने, ‘भेटिएका मोटरसाइकलहरू हस्तान्तरण गरेका छौँ र चोरसहित भेटिएका मोटरसाइकलहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने भएको कारण मुद्दा दर्ता गरेका छौँ । हराउने क्रम घटाउनलाई जोडबल दिनुपर्छ । यसमा हामी हाम्रो तर्फबाट लागिरहेका नै हुन्छौँ ।’

कार्यक्रममा सवारीचालकबाट घुस लिन अस्वीकार गर्ने ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ ।