मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ ३१ बिहीबार
  • Friday, 28 August, 2026
एजेन्सी मुम्बई
२o७८ भदौ ३१ बिहीबार १२:५९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मिस्टर इन्डिया मनोज पाटिलद्वारा आत्महत्या प्रयास, साहिल खानमाथि गम्भीर आरोप

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
नयाँ पत्रिका मुम्बई
२o७८ भदौ ३१ बिहीबार १२:५९:oo

भारतीय मोडल तथा मिस्टर इन्डिया बडिबिल्डर मनोज पाटिलले आत्महत्याको प्रयास गरेका छन्। पाटिलले अत्यधिक औषधि सेवन गरी आत्महत्या प्रयास गरेकाे बताइएको छ।

उनलाई कुपर अस्पतालमा भर्ना गरिएको र अवस्था गम्भीर रहेको इन्डिया टुडेले जनाएको छ। पाटिलको सुसाइड नोटमा अभिनेता साहिल खानमाथि गम्भीर आरोप छ।

खानले सामाजिक सञ्जालमा आफूविरुद्ध भ्रामक सूचना र भिडियो प्रसारित गरेको पाटिलले सुसाइड नोटमा लेखेका छन्। उनले प्रताडना र बदनामीका कारण आत्महत्याको कदम उठाउन बाध्य भएको उल्लेख गरेका छन्।

पाटिल मिस्टर ओलम्पियाका लागि तयारी गरिरहेका थिए। यो प्रतियोगितामा साहिल खानले पनि सहभागिता जनाउन चाहेका थिए। यसैकारण खानले उनलाई बदनाम गराउने कोसिस गरेको बताइएको छ।

यसका अलावा उनीहरू दुईबीच बिजनेसका सम्बन्धमा पनि विवाद रहेको थियो।