
अर्थमन्त्री जनार्दन शर्माले केही समय खर्च गर्ने अवस्था नहुन सक्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री शर्माले संसदबाट विनियोजन विधेयक– २०७८ पारित हुन समय लागेको खण्डमा केही समयका लागि खर्च गर्ने अवस्था नहुन पनि सक्ने बताएका हुन्।
उनले विधेयक पारित गर्नका लागि छलफल भने गरिरहेको बताए। उनल भने, ‘अब विधेयक पारित गर्न छलफल, वार्ता, सहमति हामी गरिराखेका छौँ। सहमति हुँदा त्यसलाई हामी सहमतिअनुसार पारित गर्छौँ। नहुँदा नियमित प्रक्रिया पुर्याएर पारित गर्छौँ । पारित गर्न केही समय ग्याप रह्यो भने पनि त्यसपछि खर्च गर्ने हुन्छ। केही समयमा खर्च गर्ने अवस्था नहुन पनि सक्छ।’
अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था भएको भन्दै कर उठाउन समस्या नहुने बताए।