१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २९ मंगलबार
  • Sunday, 06 July, 2025
एजेन्सी मुम्बई
२o७८ भदौ २९ मंगलबार ११:३o:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

आज आयुष्मानको जन्मदिन, ३६ वर्ष लागे

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
नयाँ पत्रिका मुम्बई
२o७८ भदौ २९ मंगलबार ११:३o:oo

फिल्म विक्की डोनरबाट बलिउडमा डेब्यु गरेका अभिनेता आयुष्मान खुराना आजदेखि ३६ वर्ष लागेका छन्। सन् १९८४ सेप्टेम्बर १४ मा पन्जाबको चण्डीगढमा जन्मेका आयुष्मानले अंग्रेजी साहित्य र आमसञ्चार विषयमा स्नातकोत्तर गरेका छन्।

ग्ल्यामर इन्डस्ट्रीमा आउनुअघि उनले स्थानीय रंगमञ्चमा पाँच वर्ष काम गरेका थिए। उनले उद्घोषक, रेडियो प्रस्तोता हुँदै भिडियो प्रस्तोताका रूपमा करिअर सुरु गरेका हुन्। इन्डियाज गट ट्यालेन्ट, म्युजिकका महामुकाबलाजस्ता शोहरू होस्ट गरिसकेका आयुष्मानलाई पहिचान भने एमटिभी रोडिजले दिएको थियो। उनले सन् २००४ मा एमटिभी रोडिजको दोस्रो सिजन जितेका थिए।

ताहिरा कश्यपसँग विवाहबन्धनमा जोडिएका उनको एक छोरा र एक छोरी छन्। कश्यप पेसाले लेखिका हुन्।

सन् २०१२ मा फिल्म विक्की डोनरबाट बलिउडमा डेब्यु गरेका आयुष्मान अभिनयमा निकै सफल मानिन्छन्। यो फिल्मबाट उनले बेस्ट मेल डेब्यु र बेस्ट मेल प्लेब्याक सिंगरको अवार्ड जितेका थिए।