मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २७ आइतबार
  • Tuesday, 11 March, 2025
२o७८ भदौ २७ आइतबार o७:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कर्णालीमा एक वर्षमा तीन सय  ६२ ले गरे आत्महत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २७ आइतबार o७:४१:oo

 प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार एक वर्षको अवधिमा देशभर ७१ सय १७ जनाले आत्महत्या गरेका छन् । जसमध्ये कर्णालीमा तीन सय ६२ जना छन् । पारिवारिक झै–झगडा, दुरुत्साहन, व्यक्तिगत तनाव, सामाजिक तथा मानसिक अवस्थाले आत्महत्या गर्नेको संख्या बढ्दै गएको हो । 

कर्णालीमा गत आर्थिक वर्ष ०७७/७८ मा तीन सय ६२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । जसमध्ये ४७ जना बालबालिका छन् । कर्णालीमा आव ०७३/७४ मा ७४, ०७४÷७५ मा ९१, ०७५/७६ मा ९३ र ०७६/७७ मा एक सय १३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । 

आत्महत्या जनस्वास्थ्यका लागि गम्भीर समस्या भएको यसको रोकथामका लागि चुनौती थपिँदै गएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य महाशाखाका प्र्रमुख वृषबहादुर शाहीले बताए । ‘आर्थिक वर्ष ०७७÷७८ देशभरका ७१ सय १७ जनाले आत्महत्या गरेका थिए, त्यसमध्ये कर्णालीका तीन सय ६२ जना छन् । यो स्वास्थ्य चुनौतीको विषय हो,’ उनले भने ।

कोरोना भएका व्यक्तिहरूलाई विभेदपूर्ण व्यवहार, आफन्त गुमाएका, दीर्घरोग लागेका, युद्ध वा हिंसा, आघातजन्य घटना, लाञ्छाना परेका, एक्लो जीवन बाँचिरहेका व्यक्तिहरूले आत्महत्याको बाटो रोज्ने गरेको कर्णाली प्रदेश अस्पतालका मनोचिकित्सक डा.सुशील समदर्शीले बताए । ‘आत्महत्या रोकथाम गर्न सकिने समस्या हो,’ उनले भने, ‘आत्महत्या गर्ने जोखिममा रहेका व्यक्तिहरूसँग कुरा गर्दा उनीहरूले आफ्नो भावना अरूले बुझिदिएको महसुस गर्छन् ।’

कर्णाली प्रदेशमा आत्महत्याका घटना बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि सबै जिल्लामा मनोचिकित्सक राख्न पहल गरिने सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बताए । ‘तीनै तहका सरकारले कानुनी, नीतिगत तथा कार्यक्रम ल्याएर जोखिममा रहेका व्यक्तिहरूको पहिचान तथा मनोसामाजिक परामर्श दक्ष जनशक्ति व्यवस्था गरेर रोक्न सकिन्छ,’ उनले भने, ‘त्यसको पहल गर्न आवश्यक प्रक्रिया प्रदेश सरकारले ल्याउँछ ।’