१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २६ शनिबार
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २६ शनिबार १५:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रियतामाथि हमला भइरहेको विप्लव समूहको निष्कर्ष,एमसिसीको विरोधमा प्रदर्शन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २६ शनिबार १५:४७:oo

नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले एमसिसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले एमसिसी तीन–चार वर्षअघि सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भन्दै सरकारले एमसिसीजस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसद्बाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाए। सबै नेपाली नागरिक सम्झौताविरुद्ध आन्दोलित भइरहेको वेलामा विभिन्न प्रपञ्च रचेर सरकारले एमसिसी पास गर्न लागेको भन्दै उनले यो सम्झौता नेपाली जनता र नेपाल कम्युनिस्ट पार्टीलाई स्वीकार्य नहुने बताए ।

प्रवक्ता प्रकाण्डले भने, ‘अहिले फेरि एकपटक हाम्रो राष्ट्रियतामाथि एउटा ठूलो हमला भइरहेको छ, एमसिसीको मुद्दा मुखरित भएर। आजको तीन–चार वर्षअगाडि यसलाई सम्पन्न गर्ने उद्देश्यका साथ अमेरिकी शासक वर्गले ल्याएको प्रोजेक्ट हो यो। त्यो वेला प्रधानमन्त्री शेरबहादुर देउवाकै सरकार थियो। नेपाली जनताले अहिलेसम्म त्यसको विरोध गरिरहेका छन्। तर, पनि एमसिसी पास गर्न सरकारले विभिन्न प्रपञ्च रचिरहेको छ। यदि पास भएमा हाम्रो नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनतालाई स्वीकार्य हुँदैन।’

सरकारले संसद् बोलाएर एमसिसी तत्काल पास गर्ने योजना बनाइरहेकाले आफ्नो पार्टीले राष्ट्रिय र केन्द्रीकृत रूपमा नेतृत्व प्रदान गर्न एकहप्ते संघर्षको कार्यक्रम राखेको बताउँदै प्रकाण्डले भाद्र २८ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने बताए ।