मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Friday, 10 January, 2025
करण ताम्राकार डडेल्धुरा
२o७८ भदौ २५ शुक्रबार o८:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कडा सुरक्षाबीच डडेल्धुरा कांग्रेसको वडा अधिवेशन हुँदै 

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार o८:३o:oo

विवादबीच  पनि डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला निर्वाचन समितिको कार्यालयले आज वडा अधिवेशन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो।

डडेल्धुराका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी सम्बन्धित वडामा निर्वाचन सामग्री पठाइसकिएको जानकारी दिँदै वडा अधिवेशनका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको बताए। ‘बिहान ८ बजेदेखि नै अधिवेशन सुरु भइसकेको  अधिकृत बमले  जानकारी दिए । डडेल्धुराको ५२ वडामा बिहान ८ बजेदेखि मतदाता नामावली प्रकाशित र अन्य काम सुरु गरिएको निर्वाचन अधिकृत बमले बताए ।

यता जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए । ‘अधिवेशन गर्ने र नगर्ने विषयमा दुई समूहबीच विवाद देखिएको छ,’ नेपालले भने, ‘निर्वाचन समितिले अधिवेशन गर्ने निर्णय गरेपछि सुरक्षा व्यवस्था कडा पारेका छौँ। सुदूरपश्चिमका अन्य जिल्लाबाट पनि सुरक्षाकर्मी बोलाएर खटाएका छौँ।’ जिल्ला सभापति कर्ण मल्ल समूहले अधिवेशन स्थगित भएको जनाउँदै आएको छ भने निर्वाचन समितिले आजै अधिवेशनको पूर्ण तयारीसहित अधिवेशन सुरु भएको बताएका छन् ।