मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २४ बिहीबार १८:०३:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

थप १,२७१ जनामा कोरोना सङ्क्रमण, १,८४५ जना निको भए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २४ बिहीबार १८:०३:००

पछिल्लो २४ घन्टामा थप एक हजार दुई सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणअनुसार आठ हजार आठ सय ९८ पिसिआर विधि र तीन हजार ४६ एन्टिजेन विधिबाट परीक्षण गर्दा थप एक हजार दुई सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा एक हजार आठ सय ४५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ७४ हजार पाँच सय ८७ जना पुगेको छ । मृत्यु हुनेको कुल संख्या १० हजार नाै सय तीन पुगेको छ।