१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २३ बुधबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २३ बुधबार o७:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विद्युतकाे बक्यौता नरहेको धागो उद्योगीको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २३ बुधबार o७:३६:oo

नेपाल धागो उत्पादक संघले विद्युत् प्राधिकरणलाई कुनै पनि बक्यौता रकम तिर्न बाँकी नरहेको बताएको छ । धागो उद्योगहरूले चौबिसै घन्टा विद्युत्को प्रयोग नगरेको हुनाले प्राधिकरणलाई डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल तिर्न नसक्ने संघको जिकिर छ ।

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको सन्दर्भमा अव्यावहारिक निर्णय गरेर बक्यौता महसुल तिर्न ताकेता गरिरहेको संघका अध्यक्ष पवन गोल्यानले बताए । ‘यदि प्राधिकरण आफैँले बनाएको नियमअनुसार उद्योगले विद्युत् उपभोग गरेको प्रमाण पेस गर्नुहुन्छ भने हामी पैसा दिन तयार छौँ,’ उनले भने, ‘तर, हामीले अतिरिक्त सुविधा लिएकै छैनौँ, तैपनि हामीलाई किन चोरलाई जस्तै व्यवहार गरिन्छ ?’  

लोडसेडिङको अवधिमा प्राधिकरणले जारी गरेको बिलका आधारमा सम्पूर्ण रकम तोकिएकै समयमा भुक्तानी गरेको हुनाले कुनै पनि रकम तिर्न बाँकी नरहेको संघले बताएको छ । संघका उपाध्यक्ष विष्णु न्यौपानेले उद्योगले चौबिसै घन्टा बिजुली प्रयोग गरेको भए टिओडी मिटर देखाउन आग्रह गरे । ‘विद्युत् प्रयोग गरेकासँग महसुल उठाउनुपर्छ, विद्युत् प्रयोग नगरेकालाई टिओडी मिटर चेक गरेर छाड्नुपर्छ,’ उनले भने, ‘यदि अतिरिक्त सुविधा लिएको प्रमाणित गरिन्छ भने हामी महसुल तिर्न तयार छौँ, उद्योगले प्रयोग नै नगरेको विद्युत्को बिल तिर्न सक्दैनन् ।’