१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

साना विद्युतीय यातायात व्यवसायीलाई मेगाको सहुलियत कर्जा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:३१:oo

मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौतामा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जीका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौैताअनुसार नेको इनर्जीसँग आबद्ध साना विद्युतीय यातायात व्यवसायीलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि बैंकले राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्ने जनाइएको छ । यसका लागि नेको इनर्जीले बैंकलाई सिफारिस गर्नुपर्ने बैंकले जनाएको छ ।  

सम्झौतापछि बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले साना विद्युतीय यातायात व्यवसायीलाई बैंकका देशभरका शाखाबाट छिटो तथा छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गरिने बताइन् । बैंकले स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नाराका साथ विपन्न वर्गलाई प्राथमिकतामा राखी बैंकिङ सेवा सर्वसुलभ गराउँदै आइरहेको उनको भनाइ थियो ।

विपन्न वर्गका ग्राहकलाई वित्तीय साक्षरताका साथै बैंकिङ सेवामा आधुनिकीकरण गर्दै नगदरहित कारोबारमा समेत संलग्न गराउने उद्देश्यका साथ बैंकले साना विद्युतीय यातायात व्यवसायीहरूलाई ‘क्युआर कोड पेमेन्ट सिस्टम’मार्फत बैंकिङ कारोबारमा पनि आबद्ध गराउने श्रेष्ठको भनाइ थियो । 

नेको इनर्जी सोलुसनका व्यवस्थाकीय निर्देशक पौडेलले बैंकले महिला तथा विपन्न वर्गका समुदायलाई प्राथमिकताका साथ लघु तथा साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदानसहितको कर्जा प्रवाह गर्दै आएकाले आफूहरूले सहकार्य गरेको बताए । बैंकको सहुलियतपूर्ण कर्जा सहायताले साना विद्युतीय यातायात व्यवसायीहरूलाई थप आत्मबल प्रदान गर्नुका साथै व्यवसाय सञ्चालनमा मद्दत मिल्ने उनको भनाइ थियो । 

ad
ad