१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ २२ मंगलबार २०:४६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मैत्रीपूर्ण फुटबलमा कर्मचारी समूह विजयी

Read Time : < 1 मिनेट
२०७८ भदौ २२ मंगलबार २०:४६:००

लमजुङमा निजामती सेवा दिवस २०७८ को अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । निजामती सेवा दिवस जिल्ला समारोह समितिको आयोजनामा मंगलबार प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा निजामती कर्मचारी तथा लमजुङ उद्योग वाणिज्य संघ र पत्रकार महासंघ सहभागी थिए । 

मैत्रीपूर्ण फुटबलमा निजामती कर्मचारीको समूह विजयी भएको छ । निजामती कर्मचारीले ४–० गोल अन्तरले उद्योग वाणिज्य संघ र पत्रकारको समूहलाई हराएको हो । 

व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने नाराका साथ भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीको तर्फबाट एक टिम र उद्योग वाणिज्य संंघ र पत्रकारतर्फ एक टिम गरी दुई टिमले भाग लिएका थिए । 

प्रतियोगितामा विजेता हुने टिमलाई ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो भने उपविजेता उद्योग वाणिज्य संघ र पत्रकारको टिमलाई प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, लमजुङ उद्योग वाणज्य संघका अध्यक्ष गुणराज सिलवाल र पत्रकार महासंघ लमजुङका उपाध्यक्ष शान्ता कमलीले प्रमाणपत्र वितरण गरेका थिए । 

निजामती सेवा दिवस जिल्ला समारोह समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले कर्मचारी, उद्योग वाणिज्य संघ र पत्रकारका बीचमा सदभावना कायम गर्ने उद्देश्यले खेल आयोजना गरिएको बताए ।