मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ भदौ २१ सोमबार १४:२४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पर्यटकको पर्खाइमा टाँके भ्याली (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ भदौ २१ सोमबार १४:२४:००

कर्णाली भन्नेबित्तिकै अधिकांश नेपालीको मनमा रोग, भोक र विपन्नताको तस्बिर आउँछ। यहाँ आउनेहरू यहाँको गरिबीबारे बुझ्न आउने गरेका छन्। तर, धेरैलाई कर्णाली पर्यटकका लागि आकर्षक केन्द्र बन्न सक्छ भन्ने थाहै नहोला।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला सांस्कृतिक र प्राकृतिक रूपमा पनि सम्पन्न छ। जिल्लाको चंखेली गाउँपालिका– ५ नेप्कास्थित सुन्दरताले भरिपूर्ण टाँके भ्याली पर्यटकको पर्खाइमा छ। टाँके भ्यालीमा सुन्दर झरना, वनजंगल, डाँडाकाँडा र वनस्पतिहरू छन्। विभिन्न किसिमका जडीबुटी हेर्न पाइने यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटनको ठूलो सम्भावना बोकेर पनि ओझेलमा परेको छ।

हेर्नुहोस् तस्बिरहरू :