Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका सिन्धुपाल्चोक
२०७८ भदौ १९ शनिबार १३:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री खाँणले भेटे मेलम्चीका बाढीपीडित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
२०७८ भदौ १९ शनिबार १३:१२:००

गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलाको मुहानक्षेत्र भेमाथाङको मेलम्चीघ्याङबाट निरीक्षण गरेपछि हेलम्बुको गणेश बगरमा रहेका बाढीपीडितलाई भेटेका छन्। पीडितहरूलाई भेटेर खाँणले पुल, सडक र स्थायी आवासका लागि सरकारले काम गरिरहेको बताए ।

पुल हालिने ठाउँको प्राविधिक परीक्षण पनि भइसकेकाले सरकारले तत्कालै बेलिब्रिज हालेर बाढीग्रस्त क्षेत्रको टुटेको सम्पर्क पुनर्स्थापित गर्न चाहेको खाँणले बताएका छन् ।

भेमाथाङ पहिरो रोक्न अध्ययन भइरहेको तथा हेलम्बुमा २२७ र मेलम्चीमा १८० बाढीपीडितका लागि स्थायी पुनर्वासतर्फ पनि सरकारले काम गरिरहेको जानकारी प्राप्त भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

खाँणसँगै पूर्वमन्त्रीद्वय मोहनबहादुर बस्नेत, शेरबहादुर तामाङ, बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेश सांसद निमा लामा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललगायतले यस क्षेत्रको अवलोकन गरेका  थिए ।