मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ १७ बिहीबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १७ बिहीबार १६:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न सर्वोच्चको अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १७ बिहीबार १६:५६:oo

सर्वोच्च अदालतले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको छ। रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले बिहीबार यस्तो अन्तरिम आदेश गरेको हो।

सर्वोच्च अदालतले संवैधानिक व्यवस्थाअनुसार इजलासबाट प्रधानन्यायाधीश अलग हुन नमिल्ने माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले रिट दायर गरेका थिए। 

अधिवक्ता रेग्मीको रिटमा संविधानमा जे व्यवस्था छ त्यहीअनुसार इजलास गठन हुनुपर्ने र कसैको दबाबमा परेर संवैधानिक इजलासबाट प्रधानन्यायधीश बाहिरिन नहुने जिकिर गरिएको थियो। रिटमा प्रधानन्यायाधीश इजलासबाट अलग हुन नमिल्ने अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो।

संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश आफैँ संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो।

तत्पश्चात् प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइको सुरु र अन्त्यमा आफू बिदामा बस्ने र इजलासमा सहभागी नहुने निर्णय गरेका थिए। संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबारका लागि तोकिएको छ।