नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका युवा नेता गगन थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा खुलेका छन्। कांग्रेसको संस्थापनइतर पक्षले बिहीबार साझा उम्मेदवार तय गर्न प्रतिबद्धता जनाउन आयोजित कार्यक्रममा थापा सहभागी भएर पौडेल पक्षमा खुलेका हुन्।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी संस्थापनइतर पक्षले आफूहरू एकै ठाउँमा रहेको सन्देश दिएको थियो। कांग्रेसको तेस्रो धारको रूपमा रहेको कृष्ण सिटौला समूहमा रहेका थापाले १४ भदौमा आफू महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका थिए।
तर, पौडेल समूहले टिम घोषणाका क्रममा थापाको उम्मेदवारी केमा हुने भन्ने सम्बन्धमा भने कुनै निर्णय गरिसकेको छैन।