१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बर्जर पेन्ट्सको दसैँ–तिहार लक्षित  ‘बर्जर फेस्टिभ राइड’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३६:oo

आउँदो चाड दसैँ र तिहारलाई लक्षित गरेर बर्जर पेन्ट्सले ‘बर्जर फेस्टिभ राइड’ नामक योजना ल्याएको छ । कम्पनीले उपभोक्तालाई विभिन्न प्रकारका उपहार प्रदान गर्ने गरी योजना ल्याएको हो । 

योजनाअन्तर्गत उपभोक्ताले छानिएका ब्रान्डहरूको खरिदमा एक सय वर्ग फिट क्षेत्रफलबराबरको डिजाइनर वाल पेन्ट पक्का उपहार प्राप्त गर्ने जनाइएको छ । त्यसबाहेक एकजना भाग्यशाली विजेताले गोलाप्रथाद्वारा बम्पर उपहारमा नयाँ ब्रान्डको यामाहा एफ जेड २५ मोटरसाइकल जित्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, एकजनालाई यामाहा फेसिनो १२५ एफआई स्कुटर, दुईजनालाई सामसङ एस२१ मोबाइल र ५० जनालाई सामसङ एम०२ एस मोबाइल प्रदान गरिने कम्पनीले जनाएको छ । 

यसका साथै योजनामा उपभोक्ताहरूले रंगाइएको आफ्नो घरको बाहिरी भागको फोटो बर्जरको वेबसाइटमा अपलोड गरेर डिजिटल प्रतियोगितामा सहभागिता जनाउन पनि सक्ने जनाइएको छ । यसरी सहभागी भएका प्रतियोगीमध्ये उत्कृष्ट २८ घरधनीलाई नगद पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । 

यो योजना बर्जर ब्रान्डका वेदरकोट लङलाइफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट एन्टिडस्ट, वेदरकोट च्याम्प, सिल्क ब्रेथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी र इजी क्लिन रेन्जको उत्पादनहरू खरिद गर्दा लागू हुने जनाइएको छ । बर्जर पेन्ट्सले नेपालमा पहिलोपटक ग्रिन पेन्टको अवधारणा ल्याएर कुनै किसिमका लिड, मर्करी तथा क्रोमियमजस्ता हानिकारक तत्वहरू नमिसाएको रङ बिक्री गरिरहेको जनाएको छ ।

हालको कोभिड–१९ संक्रमणको परिस्थितिलाई दृष्टिगत गरेर कम्पनीले बर्जर सिल्क ब्रेथ इजी उपलब्ध गराएको जनाएको छ । यो भित्तामा नरमपना साथै उच्चकोटीको चमक ल्याउने एक प्रिमियम इन्टेरियर इमल्सन हो । यसले घरको सुन्दरतालाई मात्र नबढाई यसका प्रयोगकर्ताहरूलाई विभिन्न प्रकारका किटाणु, प्रदूषण र भाइरसबाट समेत सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । 

ad
ad